नेपाल नागरिकता एन २०६३, लाई संसोधन गर्न बनेको विधेयक लाई अध्ययन गर्दा 'गैर आवासीय नेपाली नागरिकता' बाहक लाई निम्न अधिकार सुरक्षित गरेको पाईयो l
क ) आर्थिक अधिकार : चल (share, t-bills, government bonds, mutual funds लगायत ) अचल (घर जग्गा किन बेच, व्यापार व्यवसाय संचालन लगायत) सम्पति किन बेच गर्ने गराउने अधिकार l
ख ) सामाजिक अधिकार : यो नागरिकता प्राप्त नागरिक ले नेपाल मा आफ्नो बसोबास गर्न पाउने, शिक्षा, स्वास्थ्य र आधारभुत जिविकोपार्जन (basic standard of living) सम्बन्धि अन्तरास्ट्रिय मान्यता लाई सुरक्षित गर्दछ l वाक स्वतन्त्रता (non-partisan freedom) को पनि अधिकार प्रदान गरेको छ l
ग ) संस्कृतिक अधिकार: आ-आफ्नो समुदायको धर्म, प्रथा, परम्परा, रिति तथा संस्कृति मा सहभागता जनाउन पाउने अधिकार, जन्म, न्वारन, ब्रतबंद, बिवाह, मृत्यु जस्ता सम्पूर्ण क्रियाकलाप मा उपथित हुन पाउने अधिकार प्रदान गरेको छ l
(Source: नेपाल नागरिकता एन २०६३, लाई संसोधन गर्न बनेको विधेयक)
0 Comments