गज़ल -२

 के माग्छौ रित्तो म संग , दिउँ के तिम्रा लागि

यो साँझ यो बर्षात् मा, पिउं के तिम्रा लागि

 

नारुझाई चिस्साएर गयो आज झरी फेरी

च्यातिएको यो मन बाट, सिउँ के तिम्रा लागि

 

साँझ अब फेरी अधेरी रातमा बिलाउँदैछ

चिसो भन्छौ यो रातमा, जलिदिउँ के तिम्रा लागि

 

ज्योति पनि दीप बाट हटे जस्तै लाग्दैछ अब

जाँदैछु भो यो संसार मेरो , लिउ के तिम्रा लागि  

ll                 ll          ll 

Post a Comment

0 Comments