उसले मलाई भनेथ्यो –“यदि तिम्लाई केहि भन्नु छ भने यो ठाउँमा आएको बेलामा भन ल l यहाँ हुँदा मैले आफुलाई यो खोलाको कन्चन पानीमा मन लाई साटेको हुन्छु l जसरी यो खोलाले फोहोरलाई किनार लगाएर सफा छ नि, म पनि त्यसरीनै आफ्नो मन लाई सफा राख्छु –बिना रोइलो l”
हो आज मैले यहि अवसर सदुपयोग गर्ने छु l अनि भन्ने छु तिमि मेरो प्रिय श्रीमान हो- अर्थात् चौथो श्रीमान l
मेरो घर नुवाकोट l बाबा साउदी l आमा सिलाई को काम गर्ने, सारै मेहेनती l भाई र मेरो काम पढ़्नी l बसाई बनस्थली l मेरो पढाई राम्रो थियो l School बिदा हुँदा हामी सधै गाउँ जान्थेम l म ९ /१० कक्षा पढ्न थाले देखि गाउँमा बुबाको फुपूको छोरा संग बिहे गर्नी भनेर जिस्क्याउँथे l हाम्रो जातमा मामा चेला फुपू चेली को बिहे सामान्य मानिन्छ l
पहिलो श्रीमान l
११ को exam सकाएर म गाउँ जाँदा फुपूको छोराको साथी आएको रहेछ l ठिक्क बोल्ने, हक्की स्भावाव, हँसिलो अनुहारले मलाई उ संग नजिक बनायो l Facebook मा साथी भए पछि chat चल्दै गयो l एकदिन हामीले बिहे गर्नी निधो गरेम l १२ को exam सकिएको थियो l हामी बिहे गर्न पोखेरा निस्कियौ l उसको साथी को घर रहेछ l साथी को बा-आमा लाहुरे l उसको साथी एक्लै बस्दो रहेछ l तेही साथी लाई साक्षि राखेर उसकै घरमा बिहे गरेम् l अनि पोखरा को सबै मन्दिरमा गएर नछुट्टिने कसम खायौ l
४० दिन जति पछि मैले उसलाई छोड्नै पर्यो l आमाले, “ अब म त्रिसुलीमा गएर मर्छु, भाई लाई के गर्नी हो गर” भनेपछि म फर्किन बाध्य भएँ l तत् पश्चात मेरो पहिलो श्रीमान संग मेरो बिछोड भयो l
दोश्रो श्रीमान l
घर फर्के पछि आमाले कसम खान लगायो l म भाग्दिन भनेर कसम खाएँ l अनि बाबा ले मेरो पढाई लाई पैसा पठाउन थाल्यो l म BBA पढ्न थालें l पढाई राम्रै थियो l college मा मेरा केटा साथी धेरै हुन्थे l मलाई मन पर्थ्यो l BBA -७ सेमेस्टर को परीक्षा दिएपछि बिबाह को प्रस्ताब आयो l आमा को फुपू बाट l केटा अस्ट्रेलिया मा छ l बिहे गरेर लैजान्छ l मलाई यो प्रस्ताब मन पर्यो l खासै रुची नदेखाए झैँ भने, “ केटा संग कुरा गर्छु अनि l” अनि Facebook मार्फत उसका योजना सुन्न थालें l मलाई उ आउने, बिहे गर्ने कुरा ले धेरै रोमान्चित बना उ थ्यो l मलाई उसंग कुरा गर्दा श्रीमती हुन् आतुर बनाउथ्यो l उ आयो l हाम्रो engagement भयो l अनि प्रोसेस को लागि कानुनी बिहे पनि l उ तीन हप्ता को बिदा मा आएको थियो l बिदा सक्कियो l उ फर्कियो l हप्ता –महिना ठिकै थियो तर २-३ महिना बितेपछि मलाई यो श्रीमान संग खासै रुची भएन l उसले रिसाएर divorce माग्यो l मैले हुन्छ भन्दिए l भोलि पल्ट उसको आमा अनि दिदि आएर divorce पेपर मा सहि गर्न भने l मैले गरिदिएं l यो सबै भै सके पछि आमा लाई भनेको आमाले किन तेतिकै छोडेको भनेर गाली गर्यो l
आमा ले कहिले छोड (पहिलो श्रीमान ) भन्ने अहिले किन छोडेको (दोश्रो श्रीमान) भन्नि l अनि लाग्यो, अब श्रीमान खोज्दिन l
तेश्रो श्रीमान l
म BBA सकाएर रिजल्ट पर्खदै थिएँ l Dubai बाट मेरो साथी नेपाल आएको थियो l कुरै कुरामा उसले भन्यो, तिमि IELTS पढ, म पैसा हाल्छु हामी दुवै जना अस्ट्रेलिया जाऊ भन्यो l मैले भनें, “म तिमि संग बिहे गर्दिन” l उसले भन्यो, “ ठिक छ – म संग बिहे नगरl म Melbourne जान्छु तिमि अर्कै स्टेट मा बस” l एक दुई दिन सोचेको कुरा ठिकै लाग्यो l फेरी बा-आमाले मानेन l अनि मैले भने , “ अब मेरो चिन्ता नगर्नु l “ मैले IELTS पढे l स्कोर पुग्नी आयो l अनि म पर्थ आएँ, उ Melbourne गयो l तेश्रो श्रीमान मेरो अस्ट्रेलिया आउने स्पोन्सर भयो l
१ वर्ष अगाडी तेस्रो श्रीमान TAFE मा पढ्न थाल्यो, अनि हाम्रो divorce भयो l
अनि मेरो Valentine अर्थात् चौथो श्रीमान l
मैले अहिले को श्रीमान लाई नेपालमा हुँदाको दुई श्रीमानको बारेमा भनेको छैन l उसले आफु दोश्रो श्रीमान हुँ भनेर मलाई स्वीकारेको हो l तर उसलाई यो थाहा छैन की उ मेरो चौथो श्रीमान अर्थात् आजको Valentine हो भनेर l
मलाई आज थाहा पाउनु छ, उ चौथो श्रीमान हो भन्नि थाहा पाएर swan खोला जस्तै कन्चन मन बनाउन “यी अतित हुन्” भनेर पुराना कुरा फाली दिन्छ कि हाम्रो संबन्धको अर्को आयाम खोज्छ l मैले यो कुरा आज किन भन्नु पर्छ भने मेरो लागि उ चौथो श्रीमान भए पनि उसको म पहिलो श्रीमती हो l अनि मलाई यो कुरा पनि थाहा छ कि हाम्रो बीचमा आर्थिक निर्भरता धेरै छ l हाम्रो अहिले divorce हुँदा उसलाई आर्थिक व्यवस्थापन गर्न धेरै गार्हो हुन्छ l अहिले उसलाई म संग को सम्बन्ध बाध्य पनि छ l
आज एउटा कुरा भने मेरो मनमा छ l मेरो चार ओटा श्रीमान भए पनि मलाई श्रीमती प्रथम श्रीमानले बनाएको थियो l मलाई त्यसरी मायाले छोएर कसैले श्रीमती बनाउन सकेको छैन l मैले चार ओटा श्रीमान त पाएँ तर म कसैको श्रीमती हुँ भन्दा पहिलो श्रीमान को याद आउँछ l
त्यसैले त कहिले काहिँ सोच्छु, “यो मेरो चौथो श्रीमान अन्तिम श्रीमान होला त” ?
l ईति l

0 Comments