सन् २०१९, जनवरी l
मेरो visa आएपछि उनि खुसि थिईन् - तर थिईनन् l हामी दुवै जनाको visa आउन हामीले बिवाह गरेको प्रमाण पेश गर्नु पर्थ्यो l हामी विवाहित थिएनौ l उनले मलाई धेरै प्ररित गर्थिन्, आगाडी बढ्न, आफ्नो लक्ष्यमा पुग्न l म संग अब बाँकि तीन हप्ता थियो l जागिर मा १५ दिन को समय राखेर राजिनामा दिएँ l जागिर छोड्दा कम्पनीमा १ महिना अगाडी राजिनामा दिनु पर्ने हो l समय अभाब थियो l CEO रिसाए l नौ वर्ष जागिर गरेको कम्पनीबाट १५ दिन को छोटो सूचनामा म जागिर छोड्दै थिएँ l मलाई पनि रिस उठेको थियो l तर उनले सम्झाईन् l
मेरो किनमेल, कागज पत्र को digital कपी बनाउने देखि Graduation सम्मको लागि हुने लुगा, अनि अरु सामान उनैले तयार पारेकी थिईन् l नयाँ सुटकेशमा ३१.२ के. जी. को समानको व्यवस्था गरेकी थिईन् l हाते ब्याग लिएर घर बाट निस्कन लाग्दा आमा ले सोध्नुभएथ्यो, “ सामान यति हो र बाबु ?” मैले उनको अनुहार हेरेर भनेको थिएँ, “हैन गाडीमा एउटा ब्याग छ आमा l “ Airport सम्मको यात्रामा हामी संगै थियौ l मैले उनको आँखामा हेर्न धेरै खोजेर पनि सकिन l अर्थात् हाम्रा आँखा जुद्दै जुधेनन् l तर उनको अनुहारमा मलिनता थियो l आफन्त-साथी भाईहरुको बीचमा उनि कतै हराए झैँ लागेथ्यो l Departure gate मा पुग्न लागेको थिएँ l उनले हात समाते भाबुक हुदै बेपरवाह मलाई अंकमाल गरेकी थिईन् –झन्डै १ मिनेट l अनि भनेकी थिई न, “ I’ll miss you.”
मेरो यात्रा २२ घण्टाको हुँदै थियो l एक्लै यात्रामा मलाई अनगिन्ति कुरा मनमा आउँथ्यो l तर पनि म अधिकांस समय उनैलाई सम्झिन्थे l मेरो योजना थियो १ वर्ष पछि बिहे गर्न नेपाल फर्कन्छु l अनि प्रोसेस सुरु हुन्छ l मेरो पढाई सकिने समय सम्म उनि पनि आईहाल्छिंन् l अनि समय सहज होला यस्तै l
म पर्थमा आएँ l पारिवारिक सम्बन्धका कारण मैले दाईको मा गएर बस्न अफ्ठेरो मानिन l भाउजु पनि सरल हुनुहुँदो रहेछ l दुई जना नानीहरु मायालु l कान्छी छोरीलाई बोलिरहन पर्ने l मेरो कुरा मेरो tone को कारणले उनले खासै बुज्दिनथिन् l अनि म सुन्न थालें l बच्चा को कुरा कति मिठो l रमाईलो लाग्थ्यो l
भान्छा मा मेरो कारण grocery बढी चाहिन्छ भन्नेमा म जानकार थिएँ l प्रत्येक हप्ता म भान्छा को लागि समान लिएर जान्थें l दाजु-भाउजु दुवै जनाले राम्रो मान्दैनथे l तर मलाई केहि contribute नगर्दा राम्रो लाग्दैनथ्यो l काम थिएन l Uni जाने, library तिर बस्यो l साँझमा मात्रै घर फर्कन्थे l म बसेको घरमा प्रशस्तै स्वतन्त्रता थियो l नेपालमा बेवास्ता पनि भन्न सकिन्छ तर होइन l स्वतन्त्रता नै हो l
उनिसंगको सम्बन्धको ग्राफ अनुमानित थिएन l म यता आएपछि घनिस्टता झन् बढ्यो l मलाई उनिसंग को सामिप्यता झन् मिठो लाग्न थाल्यो l हाम्रो दिन को अन्त्य घन्टौंको कुराकानी बाट हुन्थ्यो l यो क्रम ६ हप्ता चल्यो l उनि प्रत्येक हप्ता बुबा आमा लाई भेट्न जान्थिन् l दुइदिन हाम्रो कुरा हुँदैन थियो l शुक्रबार र शनिबार l तीन महिना को अन्तमा हाम्रो सम्बन्ध को ग्राफ reverse V आकार मा रह्यो l दुई महिना पछि हाम्रा बीचका कुराकानीमा खासै रोचक भएन l घन्टौ हुने हाम्रो सम्बाद मिनेटमा सकिन्थ्यो l कुराकानी मा चिड्चिडाहट हुन्थ्यो l उनि अलि रिसाउथिन् l सोचें टाढा हुँदा को पीडा होला l म शान्त नै बस्थे l
अनि सम्बाद एक्कासी पतलियो l मैले सम्बाद गर्न खोज्दा उनको message आउन थाल्यो l थाकें, निदाएछु, पेट दुखेर, टाउको दुखेछ... एस्तै एक दुई शब्दको reply आउँथ्यो l काम-काजि महिला, hospital को ब्यबस्थापन हेर्नु पर्ने मैले Insurance को Account हेर्नी जस्तो हुँदैननी l यहि सोच्थे l अनि करिब १० दिन हाम्रो बीच सम्बाद हुन सकेन l न छोटो message नै आयो l म पनि त्यो समय assignment, अनि कामको लागि दबाबमा थिएँ l नेपालमा कमाएको पैसाले अस्ट्रेलिया मा खर्च – आगो मा घ्यु जस्तै भएको थियो l
म यता आएको करिब तीन महिना भएको थियो l कामको लागि CV बोकेर Accounting firm को ढोका-ढोका पुग्थें l यहि क्रम चल्दै थियो l त्यो दिन बेलुका को क्लास थियो, म Uni बाट फर्कदै थिएँ l message आयो-“I am sorry म अलि हड्बडाएछु l अनि Direct फोन गरें l उठेन l फेरी गरें l उठेन l ४-५ पटक फोन गर्दा पनि फोन नउठेपछी message को reply गरें –“के भयो र dear ?” message seen भयो l फेरी फोन गरें l उठेन l रोएको emoji आयो l हात जोडेको emoji आयो l अनि यौटा फोटो आयो l फोटो मा सुभ बिवाह र निमन्त्रणा झट्ट हेर्दा देखिन्थ्यो l अनि messenger बन्द गरें l म बस पार्क मा थिएँ l थचक्क बसेछु-bench मा l कान बजेको जस्तो भयो l मेरो आँखा आगाडी सबै तस्बिर अस्पस्ट भए l शान्त, स्थिर स्वभावको भए पनि म तत्काल सम्हालिन सकिन l
फेरी messenger खोलें l उनको message थियो l उही message दोहोरिएको l I am sorry र emoji हरु l अनि त्यो दिन थाहा पाएँ उनको profile picture मा कति खल्लो हाँसो रहेछ l अनि फेरी messenger बन्द गरें l मैले थाहा पाएँ उनि बिवाह गर्दैछिन् l अनि मलाई यो कुरा पनि थाहा थियो कि यो बिवाहको लागि उनलाई दबाब दिन सक्ने कोहि छैन l थियो त उनको आफ्नै मन l अब मलाई सम्हालिनु थियो l उनको मन परिवर्तनले मलाई यसरी एक्लाएको थियो कि कसरि भनम l त्यो रात दाईले फोन नगरेको भए म कति बेर बस पार्क बस्थें अनुमान गर्न सक्दिन l उनले किन यो निर्णयमा पुगिन् मैले कुनै अनुमान नै गर्न सकिन l मैले बुजें त उनको मन l "वाह तिम्रो मन l" यो कुरा चिच्याएर भन्न मन थियो l सकिन l
2.
मलाई आफु संग नराम्रो संग हारेको महसुस भयो l उनले किन मलाई यसरी छाडिन् ? २७ महिनाको सम्बन्ध पछिल्लो १महिनामा के ले यसरि उनको मन परिवर्तन गरायो होला ? तिम्ले आफ्नो जीवनबाट मलाई हटायौ ठिक छ, अनि मन बाट पनिहो? अब हाम्रा सपना बिना पनि तिमि तिम्रो संसार बनाउँदै छौ है ? आँखा बाट मलाई हटायौ नि, ओहो कत्रो आँट l अब के मतिमीलाई कहिल्यै केहि भन्न सक्दिन ? तिम्रो प्रति मेरा भावना म कसरी, कसलाई भनौ ? तिम्लाई गलत कसरि भनू? हेर त तिम्ले मलाई याद संगै कति प्रस्न छोडेर गयौ l तिम्रो याद र प्रस्न मलाई यहि जिन्दगी ज्युने आधार भो होइन?
मन बेचैन हुन्थ्यो l एक दिन बेलुका खाना खाँदै थियौं l सायद त्यो अाईतबार थियो होला l मैले दाई लाई भने ,” दाई मसोमबार Victoria पार्क मा सर्ने भएँ l “ दाई ले अचम्म मानेझै सोधे, “ किन? यहाँ के भयो र ?” मैले सामान्य कारण देखाएँ l सिटी को नजिक, Uni को नजिक l दाई, “ कुन स्ट्रीट ?” मैले भने, “Lion स्ट्रीट l” अनि bond कोठा भाडा को कुरा सोधे l मैले मार्केट दर अनुसार भने l अनि दाई चुप लागे l भाउजु ले सबै कुरा सुन्नु भएको थियो l किन, कसो केहि सोध्नु भएन l मलाई कारण थाहा थियो l उहाँको माईतबाट १ जना बहिनि आउदै थिईन् l म भएकोले घरमा राख्ने सम्भावना थिएन l त्यसैलेभर्खरै ४ हप्ताको भाडा बराबरको bond र २ हप्ता को कोठा भाडा advance मा दिनु परेको थियो l यदि मैले त्यो बेला मकोठा खोज्दैछु भनेको भए वहालाई सजिलो हुन्थ्यो l मैले जुन बिषय २ हप्ता अगी सोच्नै परेको थिएन आज भोग्दै थिऍ l अर्थात् मेरो मन बदलिएको थियो l भाउजुको मन बिजेको थियो l
नयाँ घरमा मैले आफ्नो लागि खानेकुरा किन्नु पर्थ्यो l पकाउन भाँडा थिए l अब मैले कोठा भाडा र रासन खर्च जोहो गर्न सक्ने भएथें l कोठा भाडा र रासन को लागि (१२० + ५०) १७० प्रति हप्ता खर्च हुन्थ्यो l तुरुन्तै गाडी किने l प्रति हप्ता ५० कोअतिरिक्त खर्च थपियो l २० घण्टाको काम थियो, कमाई ५०० प्रतिहप्ता हुन्थ्यो l बस्न खान सहज भयो l फी जुटाउनेसम्भावना थिएन l
अब मलाई यो घर मा बस्न किन किन मजा आउन थालेको थियो l उ मेरो अगाडी कान काटेर बसेको देख्थें l ५ महिना उनलेमलाई घरबेटी जस्तै व्यवहार गरे l अनि बाँकि समय म यति शान ले बसे त्यो मेरो मन लाई थाहा छ l
अन्त्यमा
एक वर्ष बसेपछि मैले कोठा छोड्न विचार गरें l अब म Uni को walkable दुरी मा सर्दै थिएँ l कोठा छोड्नुको आफ्नै कारण थियो l मनमा स्थिरता थिएन l एक वर्षमा भगवानको द्वारमा ५०-५२ पटक पुगें होला l मैले मलाई धेरै सम्हालेको थिएँ तर पनि 'मन' बेला बेला बहकिन्थ्यो l संयोग कस्तो परेछ भनें मैले कोठा छोड्नी समयमा उनीहरु lease हस्तान्तरण गर्ने प्रक्रियामा रहेछन l दुई ओटा कोठामा मान्छे बसेको देखाउदा contract हस्तान्तरण गर्न सजिलो हुन्थ्यो होला l त्यो कुरा मैले धेरै सोच्नुपर्ने स्थिति थिएन l मैले कोठा छोड्ने दिन उनीहरु आफ्नो कोठामा थिए l मैले दुई पटक बोलाएँ, बोलेनन् l अनि message गरेर निस्किए l पहिले नै भनेको थिए कि म यो दिन कोठा सर्छु भनेर l
अहिले म बस्ने घर मलाई चाहिने जस्तै छ l म यहाँ बस्छु भन्ने थाहा भएका तीन जना मान्छे छन् l एक जना नेपाल देखिको साथि जो नजिकै बस्छ l तर भेट्दा मात्रै बोल्ने हो l कोठामा आउ जाऊ को सम्बन्ध छैन l दोश्रो एउटा भाई छ l पछि नै लाग्छ कहिले त l उसको फुर्सदमा , उसको काम पर्दा l
तेस्रो, Uni मा भेटेको नेपाली classmate l मैले उनि संगको सम्बन्ध उमेर समूहको कारण सहज ठॉन्थें l उनको परिवार नै यता आएपछि धेरै पटक हामीले चाडबाड संगै मनायौं l घुम्न गयौ l संगै पढ्न गयौं l तर मेरो मनले भन्यो यो मान्छेको दौड आफ्नो खुट्टामा छैन l दिशा बिहिन गतिको यात्री जस्तै लग्न थाल्यो l म यीनीहरु बाट नियन्त्रित भए जस्तै लाग्न थाल्यो l बोलाएको बेलामा जानु पर्ने, दिएको खानु पर्ने, बोलेको सुन्नु पर्नी l सारमा-भनेको मान्नु पर्ने? यो सम्भब छ ? छैन l उनि ३०० मीटर नजीक थिए l घर सरेर ४-५ कि. मि टाढा जाने भए l घर सरेर गए पछि sms गरि रहन्थे l बोलाउँथे l २-३ पटक फोन पनि गरे l अहिले उनलाई reply गर्न छोड्दिएँ l नभेट्न सजिलो छ यहाँ l भेट्न मलाई खासै रुची छैन l
मैले यहाँ आएपछि जुन घर छोड्ने निर्णय गरें, जोसंग सम्बन्ध तोड्ने निर्णय गरें, त्यो निर्णय गर्ने समय को वरिपरी तिमि आएकी थियौ l तिमी जब जब मेरो स्मृति मा आउछै नि, तिम्ले कहिल्लै आँखा जुधाएनौ l सँधै मैले तिम्रो झुकेको आँखा र निरस गाला मात्रै देखें l यो स्मृतिले मलाई आफ्नो स्थितिमा परिवर्तन गर्न बल दिन्थ्यो l अनि त्यहाँ घर छोड्नी कुरा आउथ्यो l व्यक्ति संग सम्बन्ध तोड्नी कुरा आउथ्यो l
तिमि लाई थाहा छ म आजकल के गर्दै छु? म Casual काम गर्छु l यो काम मा म निक्कै स्वतन्त्र छु l यो काम गर्न न मलाई International Accounting डिग्री चाहिएको छ, न मैले भर्खर सक्काएको Actuary को डिग्री नै l मलाई विश्वास नै छैन यो बजारमा मेरो लागि अवसर छ, सिर्जना हुन्छ भन्ने मा l म अब समय को गर्भमा आफुलाई फालेर बसेको छु l हिजो आज धेरै निधाउन सक्छु l सुत्न पनि मलाई disturb गर्ने कोहि छैन l तिमि थियौ, अब तिमि पनि त छैनौ नि l
थाहा छ तिमीले भन्थ्यौ नि म मा अरु लाई सम्मान गर्ने, अनि आफ्ना लाई नजिक राख्ने कला छ l के अब तिमि भन्न सक्छौ मैले उल्लेख गरेको कुनैपनि सम्बन्धमा मैले सम्मान देखाएको छु? सामिप्यता राख्न खोजेको छु? म अहिले गर्भ का साथ भन्न सक्छु, “छैन l “ अनि तिम्ले भन्थ्यौ नि म मा गति छ l केहि पाउने तिब्र चाहना छ l हेर त म दुई ओटा International डिग्री लिएर पनि बे-काम जस्तै कसरि निदाउन सकेको छु l म यति भन्न सक्छु कि तिमि ले मान्छे लाई चिन्न सक्दिनौ l तिमि संग मान्छे चिन्ने क्षमता छैन l छ त तिम्रो मन l त्यो पनि त तिमि बिनाको मेरो मन जस्तै त हो l बेईमान l

!! ईति !!

0 Comments