उसको गिलासे साथीको जानकारी अनुसार प्रोमिलले भर्खेरै बिहे गर्यो l अचम्म ! मलाई त केटोले यति ठुलो कुरा भन्नु पर्नी l के भएछ ? अनि आफैले फोन गरें l
फोन मा भन्यो, “ दाई म तपाई
लाई तपाइको घडी को १ घण्टा पछि फोन गर्छुl “
म, “हुन्छ भाई” l
“हस दाई”
भन्दै फोन राख्यो l
मेरो घडी मा १ घण्टा हुनु
अगाडी नै फोन गर्यो l उसले भाउजु, छोरि को हालखबर सोध्यो l आफ्नै flow
मा मैले नसोधिकन भन्यो-“ धेरै कुरा दाई संग गर्नु पर्नी थियो l “
म सिधै मेरो चासो मा प्रवेश
गरें l
प्रस्न -१ : भाई तिम्ले
बिहे गरेको हो?
उत्तर: दाई मा जुन unit मा
बस्छु, यो unit को owner पनि यहि बिल्डिंगमा बस्छ l अरु २-३ ओटा unit पनि भाडामा दिएका होलान l उनीहरु र मेरो unit एउटै flat
मा छ l उनिहरुका ३ वर्षको छोरि अनि ५ वर्षको छोरो छ l मेरा लागि तिनीहरु साथी नै
थिए, छन् पनि l उनीहरुसंग एक किसिमको सामिप्यता पनि थियो l
दाई तीन महिना अगाडी बुढालाई cancer देखियो l उ ७० दिनको दिन मर्यो l
तत् पश्चात बुढी झोक्राएर बस्नी, केटा केटि को बेहाल थियो l बिचारा ति बच्चाहरु को
खाना-खाजाको व्यवस्था मैले गर्नु पर्यो l
एकदिन बच्चाहरु लाई पुर्याएर फर्कने बेलामा “Are you alright ?” भनेर सोधेको-एकछिन टक्क मलाई
हेरिरहिन् l अनि जुरुक्क उठेर मलाई अंकमाल गरिन् l अनि यति रोईन् नि दाई, मेरो
गन्जी आधा भिजेको थियो l
करिब १-२ घण्टा निरन्तर रोए
पछि आँसु सहित सोधिन, “ Can you be my partner?”
खोइ दाई धेरै नसोची त्यो
बिधुवालाई भनिदिए-“ YES” l अनि हामी ले बिहे गर्यौ l
प्रश्न -२ : तिमीले यो कुरा
घर मा भन्यौ?
उत्तर: दाई १० सम्म होस्टेल
मा बसेर पढेको l मैले कुलत सानै देखि सुरु गरें l साथी पनि त्यस्तै l प्लस टु पढ्नै
सकिन l झन् wild भएँ l पढाईमा पास भइन l पुनर्थापना केन्द्रमा महिनौ बसेपछि अस्ट्रेलिया जानी भुत चढ्यो, IELTS दे'को स्कोरे पुग्ने आयो l अनि +२ पास
भएको certificate पनि आयो l
म यता आएपछि गिलास बाहेक
सबैको बानि छुट्यो l म मा आएको परिवर्तन देखेर घर मा खुसि थिए l मामुले- "म भन्दा
पहिला नमर है" भन्न छोड्नु भा'को थियो l
मैले घरमा मामु लाई बिहे गरें
भनेको, रुनु भयो l त्यो आँसु मा न खुसि थियो तर दुखि हुनुन्थ्यो l
तर दाई मैले घर मा यो भनेको
छैन- मैले बिहे गरेको यो आइमाई ३४ बर्सकी हो र उनको दुई बच्चा छन् l
म अचम्ममा परें!
प्रश्न -३ : भाई तिम्रो
उमेर कति भयो?
उत्तर: २३ वर्ष दाई l

0 Comments