गजल -१

 

तिम्रो नाममा रोकिएका कलमहरु चल्न थाले

तिम्रो लागि स्वगतका दीपहरु जल्न थाले

 

बाटो भरि तिम्रो लागि फूल ओछ्याउछु भन्दा

पत्थर पनि तिम्रो लागि फूल बन्न गल्न थाले

 

कति भेटें सपनीमा रहर कैले मेटिएन

बिपनीमा भेट्ने अब आशा दीप बल्न थाले

 

आउ, आउ शु-स्वागत छ तिमीलाई जताततै

अँधेरी रात प्रभातमा तिम्रै लागि ढल्न थाले

ll                            ll                        ll  

Post a Comment

0 Comments