तीन मुक्तक

 


ढुंगा होइनस् भने भगवान रुप फोरेर देखा

मनमा भए तँ सबको पीडा सोरेर देखा

कति खान्छस धुप बत्ति अक्षता र फूलपाती

सक्ति भए टुक्रदै को संसार जोडेर देखा

यात्रा देखि थाकेको बेला हिडाईको कुरा नगर

मुटु मेरो चिरिएको बेला दुखाईको कुरा नगर

रे ट्या भए मर्ने थिएँ घोची रा’छन् बाँची रा’छु

हृदय डढेको बेला सुखाईको कुरा नगर

बाँच्न त एकैछिन सास रोकेरनि सकिन्छ

बोल्न त एकैछिन रक्सी धोकेर नि सकिन्छ

फरक हुन्छ बोलाई र बाँच्न खोज्ने पद्दतिको

हिड्न त एकैछिन अरु बोकेर नि सकिन्छ  

        ईति 

Post a Comment

0 Comments