पिताजी अर्थात् हजुर'बाको स्मृतिमा



पिताजी,

आज एक वर्ष भयो
हजुरले हामीलाई छोड्नु भएको
तपाई लाई त्यंहा कस्तो छ ?
तपाई को घुंडा दुक्दै छ कि छोड्यो ?
हिड डुल गर्न सजिलो-गार्हो कस्तो छ?
टोइलेट त आफै जान सक्नु हुन्छ नि?
अनि हजुरको गुरु संग भेट भयो?
यस्तै कुरा सोध्न मन छ, तर मिल्दैन l
पिताजी,
तपाईले मलाई हेर्दै हुनुहुन्छ भने
अहिले त म झन् भैतिकबादी भएर
यो नास्वर संसारको पछाडी दौडिएको छु
डोरी लाई सर्प देख्ने यो संसारमा
तपाई ले भनेजस्तो डोरी लाई डोरी देख्न सकिन
अब त झन् तपाईले जस्तो
गुरु बनेर
अभिभावक बनेर
पथप्रदर्सक बनेर
एउटा अध्यात्मिक जिन्दगीको यात्रा गराउने कोहि भेट्दिन होला
यो भ्रम बाट निस्कन
पिताजी,
यो एक बर्समा
तपाइलाई धेरै पटक सम्झेको छु
तपाई एउटा छोराको रुपमा
छोरा छोरी
नाती नातिना
पनाति पनातिनी
अनि सबैको पिताजी को रुपमा
एउटा सानदार जिन्दगी बिताउनु भयो
तर,
तपाइको अन्तिम वर्ष, महिना अनि दिन हरुमा
आवाजले तपाईलाई साथ नदिए पछि
अनुहारमा देखिएका धर्सा ले
ओठ संगै लार्बरिएका आवाज ले
लग्लगाएको हात अनि खुट्टा ले
अनेक चीज को संकेत गरेथ्यो
त्यहाँ 'तपाईको म थिएन' पिताजी
थियो त
परिवार
सम्बन्ध
अपनत्व थियो
अनि यो पनि
स्वार्थमा
अर्थमा
आवस्यकतामा
साटा साट हुन्छ
"निस्क बाबु यसबाट पनि निस्क"
भन्न खोज्नु भएको तर नसकेर इसारा गर्नु भएको झैँ लाग्यो
हो पिताजी,
म त्यहि इसारालाई
मार्ग दर्सन मानेर हिड्ने छु
पिताजी,
म गलत पनि हुन सक्छु
तर यो गल्ति को प्रयास्चित
तपाई संग भेटेरै गर्नेछु l
आफ्नो ख्याल राख्नु होला l

-सन्तोष
१८ अशोज २०७८

Post a Comment

0 Comments