एक वर्ष बसेपछि मैले कोठा छोड्न विचार गरें l अब म Uni को walkable दुरी मा सर्दै थिएँ l कोठा छोड्नुको आफ्नै कारण थियो l मनमा स्थिरता थिएन l एक वर्षमा भगवानको द्वारमा ५०-५२ पटक पुगें होला l मैले मलाई धेरै सम्हालेको थिएँ तर पनि 'मन' बेला बेला बहकिन्थ्यो l संयोग कस्तो परेछ भनें मैले कोठा छोड्नी समयमा उनीहरु lease हस्तान्तरण गर्ने प्रक्रियामा रहेछन l दुई ओटा कोठामा मान्छे बसेको देखाउदा contract हस्तान्तरण गर्न सजिलो हुन्थ्यो होला l त्यो कुरा मैले धेरै सोच्नुपर्ने स्थिति थिएन l मैले कोठा छोड्ने दिन उनीहरु आफ्नो कोठामा थिए l मैले दुई पटक बोलाएँ, बोलेनन् l अनि message गरेर निस्किए l पहिले नै भनेको थिए कि म यो दिन कोठा सर्छु भनेर l
अहिले म बस्ने घर मलाई चाहिने जस्तै छ l म यहाँ बस्छु भन्ने थाहा भएका तीन जना मान्छे छन् l एक जना नेपाल देखिको साथि जो नजिकै बस्छ l तर भेट्दा मात्रै बोल्ने हो l कोठामा आउ जाऊ को सम्बन्ध छैन l दोश्रो एउटा भाई छ l पछि नै लाग्छ कहिले त l उसको फुर्सदमा , उसको काम पर्दा l
तेस्रो, Uni मा भेटेको नेपाली classmate l मैले उनि संगको सम्बन्ध उमेर समूहको कारण सहज ठॉन्थें l उनको परिवार नै यता आएपछि धेरै पटक हामीले चाडबाड संगै मनायौं l घुम्न गयौ l संगै पढ्न गयौं l तर मेरो मनले भन्यो यो मान्छेको दौड आफ्नो खुट्टामा छैन l दिशा बिहिन गतिको यात्री जस्तै लग्न थाल्यो l म यीनीहरु बाट नियन्त्रित भए जस्तै लाग्न थाल्यो l बोलाएको बेलामा जानु पर्ने, दिएको खानु पर्ने, बोलेको सुन्नु पर्नी l सारमा-भनेको मान्नु पर्ने? यो सम्भब छ ? छैन l उनि ३०० मीटर नजीक थिए l घर सरेर ४-५ कि. मि टाढा जाने भए l घर सरेर गए पछि sms गरि रहन्थे l बोलाउँथे l २-३ पटक फोन पनि गरे l अहिले उनलाई reply गर्न छोड्दिएँ l नभेट्न सजिलो छ यहाँ l भेट्न मलाई खासै रुची छैन l
मैले यहाँ आएपछि जुन घर छोड्ने निर्णय गरें, जोसंग सम्बन्ध तोड्ने निर्णय गरें, त्यो निर्णय गर्ने समय को वरिपरी तिमि आएकी थियौ l तिमी जब जब मेरो स्मृति मा आउछै नि, तिम्ले कहिल्लै आँखा जुधाएनौ l सँधै मैले तिम्रो झुकेको आँखा र निरस गाला मात्रै देखें l यो स्मृतिले मलाई आफ्नो स्थितिमा परिवर्तन गर्न बल दिन्थ्यो l अनि त्यहाँ घर छोड्नी कुरा आउथ्यो l व्यक्ति संग सम्बन्ध तोड्नी कुरा आउथ्यो l
तिमि लाई थाहा छ म आजकल के गर्दै छु? म Casual काम गर्छु l यो काम मा म निक्कै स्वतन्त्र छु l यो काम गर्न न मलाई International Accounting डिग्री चाहिएको छ, न मैले भर्खर सक्काएको Actuary को डिग्री नै l मलाई विश्वास नै छैन यो बजारमा मेरो लागि अवसर छ, सिर्जना हुन्छ भन्ने मा l म अब समय को गर्भमा आफुलाई फालेर बसेको छु l हिजो आज धेरै निधाउन सक्छु l सुत्न पनि मलाई disturb गर्ने कोहि छैन l तिमि थियौ, अब तिमि पनि त छैनौ नि l
थाहा छ तिमीले भन्थ्यौ नि म मा अरु लाई सम्मान गर्ने, अनि आफ्ना लाई नजिक राख्ने कला छ l के अब तिमि भन्न सक्छौ मैले उल्लेख गरेको कुनैपनि सम्बन्धमा मैले सम्मान देखाएको छु? सामिप्यता राख्न खोजेको छु? म अहिले गर्भ का साथ भन्न सक्छु, “छैन l “ अनि तिम्ले भन्थ्यौ नि म मा गति छ l केहि पाउने तिब्र चाहना छ l हेर त म दुई ओटा International डिग्री लिएर पनि बे-काम जस्तै कसरि निदाउन सकेको छु l म यति भन्न सक्छु कि तिमि ले मान्छे लाई चिन्न सक्दिनौ l तिमि संग मान्छे चिन्ने क्षमता छैन l छ त तिम्रो मन l त्यो पनि त तिमि बिनाको मेरो मन जस्तै त हो l बेईमान l
!! ईति !!
0 Comments