आमा अब ईश्वर फेर्नु पर्छ
ईश्वर संगै मन्दिरका ती काला ढुंगा
अनि लगाईएका मुकुट संगै
चडाइने गरेका फुल पनि
चढाउन छोड्नुपर्छ
आमा अब इश्वर फेर्नुपर्छ
हृदयमा राखेको ज्योतिपूर्ण ईश्वर
आफुले सिर्जेको मानिस सँग रम्न सकेन
ढुंगाको कठोरता फोडेर
आफ्नो ज्योति छर्न सकेन
फुलको कोमलतालाई सुकाएर
सृष्टिको सुगन्ध लाई
सधै निमोठ्न लगाई
आफु लुकिरह्यो
त्यसैले
आमा अब इश्वर फेर्नु पर्छ
संरक्षण कर्ता मानिएर
रक्तपिपासु बनि निः सन्देह स्व-सृष्टिको भोग लिने
कालो ढुंगामा बर्षौ देखि आफुलाई लुकाएर
आफु झैँ ढुंगे युग बाट उकास्न नचाहने
प्राराम्भ्कर्ता नबन्न
यो ईश्वर आमा अब फेर्नु पर्छ
अबको ईश्वर
मन्दिरको ढुंगामा होइन
मान्छेको हृदयमा बास गर्ने छ
सुखका लागि पुकारिने होइन
दुःखमा साथ दिन अगाडी आउनेछ
कोमलतालाई निमोठ्न लगाएर
सधैं कठोर बनि होइन
प्रत्येक आत्माको केन्द्रमा बस्ने छ
बन्धुत्वको पाठ सिकाउने धोतक बन्नेछ
साध्य बनेर ग्रन्थ मा होइन साधन बनेर मानव मुटुमा भिझ्नेछ
त्यस्तो ईश्वर चाहिएको छ आमा
त्यसैले
आमा अब ईश्वर फेर्नु पर्छ l
! ईति !
0 Comments