मलाई आफु संग नराम्रो संग हारेको महसुस भयो l उनले किन मलाई यसरी छाडिन् ? २७ महिनाको सम्बन्ध पछिल्लो १ महिनामा के ले यसरि उनको मन परिवर्तन गरायो होला ? तिम्ले आफ्नो जीवनबाट मलाई हटायौ ठिक छ, अनि मन बाट पनि हो? अब हाम्रा सपना बिना पनि तिमि तिम्रो संसार बनाउँदै छौ है ? आँखा बाट मलाई हटायौ नि, ओहो कत्रो आँट l अब के म तिमीलाई कहिल्यै केहि भन्न सक्दिन ? तिम्रो प्रति मेरा भावना म कसरी, कसलाई भनौ ? तिम्लाई गलत कसरि भनू? हेर त तिम्ले मलाई याद संगै
कति प्रस्न छोडेर गयौ
l तिम्रो याद र प्रस्न मलाई यहि जिन्दगी ज्युने आधार भो होइन?
मन बेचैन हुन्थ्यो l एक दिन बेलुका खाना खाँदै थियौं l सायद त्यो अाईतबार
थियो होला l मैले दाई लाई भने ,” दाई म सोमबार Victoria पार्क मा सर्ने भएँ l “ दाई ले अचम्म मानेझै सोधे, “ किन? यहाँ के भयो र ?” मैले सामान्य कारण देखाएँ l सिटी को नजिक, Uni को नजिक l दाई, “ कुन स्ट्रीट ?” मैले भने, “Lion स्ट्रीट l” अनि bond कोठा भाडा को कुरा सोधे l मैले मार्केट दर अनुसार भने l अनि दाई चुप लागे l भाउजु ले सबै कुरा सुन्नु भएको थियो l किन, कसो केहि सोध्नु भएन l मलाई कारण थाहा थियो l उहाँको माईतबाट १ जना बहिनि आउदै थिईन् l म भएकोले घरमा राख्ने सम्भावना थिएन l त्यसैले भर्खरै ४ हप्ताको भाडा बराबरको bond र २ हप्ता को कोठा भाडा advance मा दिनु परेको थियो l यदि मैले त्यो बेला म कोठा खोज्दैछु भनेको भए वहालाई सजिलो हुन्थ्यो l मैले जुन बिषय २ हप्ता अगी सोच्नै परेको थिएन आज भोग्दै थिऍ l अर्थात् मेरो मन बदलिएको थियो l भाउजुको मन बिजेको थियो l
मन मा धेरै कुरा खेल्थ्यो l निदाउन सक्दिनथें l तर त्यो रात अर्को बिषय ले प्रवेश पायो l कोठा सर्ने त भनें, तर ट्रेन मा हिड्दा Lion स्ट्रीट देखेको आधार मा पो भनेंको
l कोठा खोज्नै पर्यो l Gumtree, Marketplace मेरा विकल्प थिए l खोज्न थालें l bond तिर्न नपर्ने कोठा शनिबार धन्न टुङ्गो लाग्यो, Victoria पार्क मा, star स्ट्रीट l एउटा सानो खाट भएको कोठा अबको मेरो परिधि हुदै थियो l यो पांच दिन भाउजुको र मेरो भेटघाट नै भएन l दाई संग सामान्य कुरा मात्रै l म सोमबार हिड्ने कुरा दाई भाउजु लाई आइतबार भनेको थिएँ l दुवै जनाको खासै केहि प्रतिक्रिया थिएन l सोमबार निस्कने दिन छोरीहरुलाई २ packet चकलेट अनि केहि खेलौना दिएँ l Uber बोलाएँ l अनि दुइओटा सुटकेश सहित नयाँ घर प्रवेश गरें l
मैले कोठा सरेपछि दाईले दुई -चार पटक फोन गर्नु भएको थियो l नजिकै आएर फोन गर्नुहुन्थ्यो l म कलेज छु भन्थे l कैले class मा जना लागेको भन्थे l मैले कहिल्यौ
पनि फोन गर्न जरुरि ठानिन l यो पटक को दशैं तिर होला दाईको फोन आएको थियो l मैले उठाई न l Call back गर्न मनै लागेन lनयाँ घरमा मैले आफ्नो लागि खानेकुरा किन्नु पर्थ्यो l पकाउन भाँडा थिए l अब मैले कोठा भाडा र रासन खर्च जोहो गर्न सक्ने भएथें l कोठा भाडा र रासन को लागि (१२० + ५०) १७० प्रति हप्ता खर्च हुन्थ्यो l तुरुन्तै गाडी किने l प्रति हप्ता ५० को अतिरिक्त खर्च थपियो l २० घण्टाको काम थियो, कमाई ५०० प्रतिहप्ता हुन्थ्यो l बस्न खान सहज भयो l फी जुटाउने सम्भावना थिएन l
नयाँ घर नेपाली couple ले lease मा लिएका थिए l तिन ओटा कोठा थियो l श्रीमती को भर्खर पढाई सक्किएको थियो l दुवै जना काममा जान्थे l म घर मा नै हुन्थें l म भित्र छटपटी थियो l कसै संग भेटघाट गर्दा पनि यीनीहरु पनि त स्वार्थी त हुन्, मतलबी त हुन् जस्तो लग्न थालेको थियो l classmate हरु फोन गर्थे, assignment बुझाउने बेलामा मात्रै l अनि मतलबी किन नमानौ l मेरो जिन्दगी पनि त उनले मतलबी बनाई दिईन् l तेसैले त म अहिले सबैको मतलब को लागि मात्रै भएँ l निरस अनिभुतीले मलाई बचाएको थियो l
करिब १ वर्ष बसेको त्यो घरमा श्रीमान श्रीमतीको बीच प्रेम पूर्ण सम्बन्ध थियो l दुवै जना म संग बोल्न खोज्थें l आफ्ना कुरा सुनाउन खोज्थे l गफ गरेर बसौं पनि भन्थें l मलाई उनीहरुको सम्बन्ध बनावटी लाग्थ्यो, नाटक जस्तै l म संग पनि नाटक गरेझै लाग्थ्यो l तर म चुपचाप कोठा मा बस्थें l अधिकांस समय घरमा बस्दा सुतेरै बिताउँथें
l
एकदिन खाना पाकाउँदै थिएँ l भान्छा मा श्रीमान आए l गफ सुरु गरे l म “होर”, “अँ” र “ए “ मात्रै भन्थें l भन्न थाले, “ बास्तवमा नेपालमा ४०-५० हजार महिनामा कमाउन सक्ने अस्ट्रेलिया आउँदैन l “ मैले त्यो दिन तिनको कुरा, “ तेस्तो नहोला, मान्छेको आफ्नो सोचाई, चाहना हुन्छ ” भनेको थिएँ l अनि त झन् जोडले भन्न थाले, “यदि कोहि ५० हजार महिनाको कमाउने यता आएको रहेछ भने म कान काटेर फल्दिन्छु ल l “अलि अलि पिएका थिए l मैले उनलाई सोधें, “के भनेको तपाइले तेस्तो ?” उनिले हो ल भन्न थाले l यो कुराले मेरो अहंलाई चुनौती दियो l मैले mobile निकालें l म आएको अगिल्लो साल को व्यक्तिगत राजस्व चुक्ता को प्रमाणपत्र थियो l उनलाई देखाउदै भनें, “ल हेर्नुस l” जहाँ १४ लाख ५२ हजार प्रतिबर्ष आयकर चुक्ताको प्रमाण थियो l “ मेरो यो साल को आउन बाँकि छ l मैले यति भनें l उनि मलाई हेरिरहे l अनि आँखा झुकाए l अनि चुपचाप आफ्नो कोठामा गए l
मलाई एक किसिमले मन हलुका भयो l उनले छोडे पछि पहिलो पटक l खै किन हो? एकछिन मा अर्को कोठा को भाई निस्कियो l “दाई आज छलफल चाँड सक्कियो नि, अचम्म l “ मैले मुस्कुराउदै भनेको थिएँ “ वहाँ लाई आज थकाई लागेको छ रे l “ यो कुरा सायदै भाइले पत्यायो होला l पिएको बेला मा कहिले काहीं कुर्सि टेबुल संग आधा रात सम्म बोलेर बस्थे तिनी lअब मलाई यो घर मा बस्न किन किन मजा आउन थालेको थियो l उ मेरो अगाडी कान काटेर बसेको देख्थें l ५ महिना उनले मलाई घरबेटी जस्तै व्यवहार गरे l अनि बाँकि समय म यति शान ले बसे त्यो मेरो मन लाई थाहा छ lक्रमश ...
0 Comments