सन् २०१९, जनवरी l
मेरो visa आएपछि उनि खुसि थिईन्, तर थिईनन् l हामी दुवै जनाको visa आउन हामीले बिवाह गरेको प्रमाण पेश गर्नु पर्थ्यो l हामी विवाहित थिएनौ l उनले मलाई धेरै प्ररित गर्थिन्, आगाडी बढ्न, आफ्नो लक्ष्यमा पुग्न l म संग अब बाँकि तीन हप्ता थियो l जागिर मा १५ दिन को समय राखेर राजिनामा दिएँ l जागिर छोड्दा कम्पनीमा १ महिना अगाडी राजिनामा दिनु पर्ने हो l समय अभाब थियो l CEO रिसाए l नौ वर्ष जागिर गरेको कम्पनीबाट १५ दिन को छोटो सूचनामा म जागिर छोड्दै थिएँ l मलाई पनि रिस उठेको थियो l तर उनले सम्झाईन् l
मेरो किनमेल, कागज पत्र को digital कपी बनाउने देखि Graduation सम्मको लागि हुने लुगा, अनि अरु सामान उनैले तयार पारेकी थिईन् l नयाँ सुटकेशमा ३१.२ के. जी. को समानको व्यवस्था गरेकी थिईन् l हाते ब्याग लिएर घर बाट निस्कन लाग्दा आमा ले सोध्नुभएथ्यो, “ सामान यति हो र बाबु ?” मैले उनको अनुहार हेरेर भनेको थिएँ, “हैन गाडीमा एउटा ब्याग छ आमा l “ Airport सम्मको यात्रामा हामी संगै थियौ l मैले उनको आँखामा हेर्न धेरै खोजेर पनि सकिन l अर्थात् हाम्रा आँखा जुद्दै जुधेनन् l तर उनको अनुहारमा मलिनता थियो l आफन्त-साथी भाईहरुको बीचमा उनि कतै हराए झैँ लागेथ्यो l Departure gate मा पुग्न लागेको थिएँ l उनले हात समाते भाबुक हुदै बेपरवाह मलाई अंकमाल गरेकी थिईन् –झन्डै १ मिनेट l अनि भनेकी थिई न, “ I’ll miss you.”
मेरो यात्रा २२ घण्टाको हुँदै थियो l एक्लै यात्रामा मलाई अनगिन्ति कुरा मनमा आउँथ्यो l तर पनि म अधिकांस समय उनैलाई सम्झिन्थे l मेरो योजना थियो १ वर्ष पछि बिहे गर्न नेपाल फर्कन्छु l अनि प्रोसेस सुरु हुन्छ l मेरो पढाई सकिने समय सम्म उनि पनि आईहाल्छिंन् l अनि समय सहज होला यस्तै l
म पर्थमा आएँ l पारिवारिक सम्बन्धका कारण मैले दाईको मा गएर बस्न अफ्ठेरो मानिन l भाउजु पनि सरल हुनुहुँदो रहेछ l दुई जना नानीहरु मायालु l कान्छी छोरीलाई बोलिरहन पर्ने l मेरो कुरा मेरो tone को कारणले उनले खासै बुज्दिनथिन् l अनि म सुन्न थालें l बच्चा को कुरा कति मिठो l रमाईलो लाग्थ्यो l
भान्छा मा मेरो कारण grocery बढी चाहिन्छ भन्नेमा म जानकार थिएँ l प्रत्येक हप्ता म भान्छा को लागि समान लिएर जान्थें l दाजु-भाउजु दुवै जनाले राम्रो मान्दैनथे l तर मलाई केहि contribute नगर्दा राम्रो लाग्दैनथ्यो l काम थिएन l Uni जाने, library तिर बस्यो l साँझमा मात्रै घर फर्कन्थे l म बसेको घरमा प्रशस्तै स्वतन्त्रता थियो l नेपालमा बेवास्ता पनि भन्न सकिन्छ तर होइन l स्वतन्त्रता नै हो l
उनिसंगको सम्बन्धको
ग्राफ अनुमानित थिएन l म यता आएपछि घनिस्टता झन् बढ्यो l मलाई उनिसंग को सामिप्यता
झन् मिठो लाग्न थाल्यो l हाम्रो दिन को अन्त्य घन्टौंको कुराकानी बाट हुन्थ्यो l यो
क्रम ६ हप्ता चल्यो l उनि प्रत्येक हप्ता बुबा आमा लाई भेट्न जान्थिन् l दुइदिन
हाम्रो कुरा हुँदैन थियो l शुक्रबार र शनिबार l तीन महिना को अन्तमा हाम्रो
सम्बन्ध को ग्राफ reverse V आकार मा रह्यो l दुई महिना पछि हाम्रा बीचका कुराकानीमा
खासै रोचक भएन l घन्टौ हुने हाम्रो सम्बाद मिनेटमा सकिन्थ्यो l कुराकानी मा चिड्चिडाहट हुन्थ्यो l उनि अलि रिसाउथिन् l सोचें टाढा हुँदा को पीडा होला l म शान्त नै बस्थे l
अनि सम्बाद एक्कासी पतलियो l मैले सम्बाद गर्न खोज्दा उनको message आउन थाल्यो l थाकें, निदाएछु, पेट दुखेर, टाउको दुखेछ... एस्तै एक दुई शब्दको reply आउँथ्यो l काम-काजि महिला, hospital को ब्यबस्थापन हेर्नु पर्ने मैले Insurance को Account हेर्नी जस्तो हुँदैननी l यहि सोच्थे l अनि करिब १० दिन हाम्रो बीच सम्बाद हुन सकेन l न छोटो message नै आयो l म पनि त्यो समय assignment, अनि कामको लागि दबाबमा थिएँ l नेपालमा कमाएको पैसाले अस्ट्रेलिया मा खर्च – आगो मा घ्यु जस्तै भएको थियो l
म यता आएको करिब तीन महिना भएको थियो l कामको लागि CV बोकेर Accounting firm को ढोका-ढोका पुग्थें l यहि क्रम चल्दै थियो l त्यो दिन बेलुका को क्लास थियो, म Uni बाट फर्कदै थिएँ l message आयो-“I am sorry म अलि हड्बडाएछु l अनि Direct फोन गरें l उठेन l फेरी गरें l उठेन l ४-५ पटक फोन गर्दा पनि फोन नउठेपछी message को reply गरें –“के भयो र dear ?” message seen भयो l फेरी फोन गरें l उठेन l रोएको emoji आयो l हात जोडेको emoji आयो l अनि यौटा फोटो आयो l फोटो मा सुभ बिवाह र निमन्त्रणा झट्ट हेर्दा देखिन्थ्यो l अनि messenger बन्द गरें l म बस पार्क मा थिएँ l थचक्क बसेछु-bench मा l कान बजेको जस्तो भयो l मेरो आँखा आगाडी सबै तस्बिर अस्पस्ट भए l शान्त, स्थिर स्वभावको भए पनि म तत्काल सम्हालिन सकिन l
फेरी messenger खोलें l उनको message थियो l उही message दोहोरिएको l I am sorry र emoji हरु l अनि त्यो दिन थाहा पाएँ उनको profile picture मा कति खल्लो हाँसो रहेछ l अनि फेरी messenger बन्द गरें l मैले थाहा पाएँ उनि बिवाह गर्दैछिन् l अनि मलाई यो कुरा पनि थाहा थियो कि यो बिवाहको लागि उनलाई दबाब दिन सक्ने कोहि छैन l थियो त उनको आफ्नै मन l अब मलाई सम्हालिनु थियो l उनको मन परिवर्तनले मलाई यसरी एक्लाएको थियो कि कसरि भनम l त्यो रात दाईले फोन नगरेको भए म कति बेर बस पार्क बस्थें अनुमान गर्न सक्दिन l उनले किन यो निर्णयमा पुगिन् मैले कुनै अनुमान नै गर्न सकिन l मैले बुजें त उनको मन l "वाह तिम्रो मन l" यो कुरा चिच्याएर भन्न मन थियो l सकिन l
क्रमश ...
0 Comments