मैले उनलाई के सोध्नु पर्थ्यो ?

यो अनुभूति ११.८ कि. मि रेलमा पर्थ (Perth) बाट क्यानिन्टन (Cannington) सम्मको यात्रा को हो l म फर्कदै थिए, room मा l मलाई train मा बस्न भन्दा १८ मिनेट को यात्रा उभिएर पार गर्न मन लाग्छ l  train का खाली सिट का बीच उभिएर यात्रा गर्ने यात्री मध्ये म पनि एक हुं  l

आज दिनभर आकाश धुवा ले भरिएको थियो l  यहि क्रममा Bushfire को बिषयमा एकजना महिला यात्री संग सम्बाद सुरु भयो l सामान्य कुरा पछि ति महिलाले मलाई सोधिन्, “तिमि कुन देश बाट आएको?” मैले म नेपाल बाट भने l

कुरा अली पातलो भयो जस्तो लागेर मैले पनि सोधें,” तपाई कता बाट ?” यो प्रस्न यहाँ सामान्य हो l विभिन्न देश बाट आएर बसेका मान्छेहरुको  समाज हो यो देश l  मैले पनि उनको बारेमा जान्न खोजें l  

उनि फिलिपिन्स बाट, नाम मारिया (Mareia)l उनमा यौटा गुण रहेछ l कुनै पनि प्रस्नको नजिकका अरु प्रस्नको पनि उत्तर दिने l  दोश्रो प्रस्न फेरी मैले सोधें l  अनि थाहा भयो उनि अस्ट्रेलिया आएको करिब १० वर्ष भएछ l  

 मेरो यात्रा अब करिब ८ मिनेट को समय, अनि तिन ओटा स्टेशन बाँकि थियो l हाम्रा कुराहरु नितान्त व्यक्तिगत हुँदै गयो l

उनले ट्रेन को गतिमा तीन प्रस्न सोधिन्  l जसको जवाफ- म बिवाह भएको, एउटा छोरी अनि हामी संगै भएको भन्नु पर्नी थियो l

यो सम्बादको बीच मा हामि ले एक अर्कालाई निहाल्न सहज थियो l उनको अनुहार मा सम्बाद को बीच प्रतिक्रियात्मक कुनै रेखा हरु देखिदैन थिए l नितान्त स्थिर l

मैले उनलाई सोधेको थिएँ, "तपाई Married हो"? 

यो प्रस्न मैले दोहोर्याएर सोध्नु परेको थियो l ट्रेनमा “This is Weshpool Station “ भनेको ले मेरो आवाज सुनिएन l

उनले ट्रेनको ढोका बन्द भए जसरि आफ्नै गतिमा जवाफ दिईन,

“हो म बिबाहित हो, अनि मेरी श्रीमती छिन्" l

The next station is Cannington

स्टेशन आईपुग्न २  मिनेट थियो तर उनको जवाफले म निसब्द भएछु l

यो मेरो लागि अनपेिक्क्षीत जवाफ थियो l एउटा केटीले मलाई भन्दै थिईन् कि –“मेरो श्रीमती छ” l  

म प्रश्न बिहिन भएर उनलाई हेरिरहे l अचम्म l उनि उस्तै नितान्त स्थिर l म विचार सुन्य अवस्थामा थिएं l म जुन देशमा यात्रा गर्दै थिएँ त्यहाँ यो सब सामान्य हो, तर म हुर्केको समाजले यो परिवेशमा के प्रश्न सोध्नु पर्छ कहिल्यै सिकाएन l  

उनीसंग छुट्टिने बेला मैले Bye भने/भनिन थाहा छैन l मलाई यो थाहा छ कि, “This station is Cannington “ को आवाज पछि train को ढोका खुलेको थियो अनि म ट्रेन बाट बाहिर निस्किएँ l उनले म निस्कन लाग्दा हात उठाएकी थिईन-see you later भन्न l म ट्रेन बाट झरेर गाडी चढे, कोठामा पुगें l छोरी र श्रीमती बाहिर निस्केको message inbox मा रहेछ l 


अनि ट्रेन मा उभिएको जसरी नै उभिएर आफैलाई सोध्न थाले, 
“मैले उनलाई उनको श्रीमती को बारेमा के सोध्नु पर्थ्यो ?"

!!ईति!!

Post a Comment

1 Comments