“साला बुहारी बन्नु परेको छ “
म नजिकै चउरमा बस्दै भन्यो l म छक्क परेर उसको अनुहारमा हेरें l उ रोकिने सुरमा थिएन l
“दाई यार, घरमा भाडा माज्दा माज्दा वाक्क भैसेकें l ”
“के भयो र भाई ?” मैले उसलाई सजिलो बनाउन सरल प्रस्न गरें l अनि उ पोखियो l पोखिदा खेरि उ हलुका भयो l तर उसले मलाई निथ्रुक्क भिजायो l
“ आज बिहान उठें l भान्छामा खाजा खान ग'को, भान्छा भरि भाँडा l भिनाजुले, दिदिले खाएर हिडेछन् l अनि चुप चाप सबै भाँडा माजें l म
आए १० महिना हुन लाग्यो l आए देखि यहि चली राखेको छ l"
ssss (मौनता)
“दाई आज बुबा को तिथि l सोह्र श्राद्ध l दिदिलाई
थाहा नभएको होइन l “
उ भन्दै गयो l
“श्राद्धको दिन पनि ... अरु दिन बिहान बेलुका यस्तै
हो l “
दिदि भिनाजु अस्ट्रेलियामा भएको कारण उ पनि
यतै आएको रहेछ l खानी बस्नी समस्या नहुने, काम खोज्न पनि सजिलो हुने l यो सबै कुरा
उसले सोचे जस्तै भयो l खान बास्न को लागि सोच्नै परेन l तर अब उसलाई लागेको छ कि
उसले आफन्त गुमाई सकेको रहेछ l
एकछिन रोक्कियो l “दाई हामी एउटै आमाको सन्तान
l“
सानैमा 'बा' बिते l उ सहित तिन ओटी छोरीलाई आमाले
हुर्काईन् l पोखरा को ठाउँ, जग्गा जमिन भए पनि नियमित खर्च ब्यबस्थापन गर्नु एउटी
महिलाको लागि सजिलो हुँदै होइन l दुइओटि छोरीको बिहे भयो l उ जेठी दिदि संग बसेको
हो l यिनी लाई आमाले ५ वर्ष यतै राखेकी हुन् l
जेठी छोरीले दुख देखेकी छे भनेर आमाले छोरा
लाई उनीसंग पठाको l तर उसले यता आए पछि सम्बन्ध ले दिदि त पायो तर व्यवहारमा दिदि
भिनाजुको आवा अनुभूत गर्न पाएन l
उसले बस्न र खानेको बदलामा घरको सबै काम गर्नु परेको छ l
“घर मा सबैले मिलेर गर्नी हो तर, मलाई परिवार को मान्छे नै ठानेनन्
दाई l मलाई त एकछिन चुप लगेर बसेको देख्न हुन् l यो गर त्यो गर l एक दिन त दाई Washing Machine ले भान्जी को लुगा राम्रो धोए न भनेर मलाई बिहान भर भान्जी को लुगा धुन लगाई l भान्जीको हो, धर्म हुन्छ भनेर धोएँ दाई l “
उ अझ पोखिन्छl
“ अब मैले जति दुख गरेर आफु स्थापित भए पनि
हामि नभएको भए यसको केहि हुने थिएन भन्छन् l अब म आफ्नो अस्तित्व मा छैन दाई l “
यति भन्दा उसको आँखामा आफन्त प्रति कुनै आदर
थिएन l यौटा औपचारिक सम्बन्धको आवा मात्रै l
अचानक उसमा रौनकता छायो l
प्रसङ्ग
बदलिएको रहेछ l अतित सम्झियो l भन्दै थियो दाई मेरो गर्ल फ्रेन्ड त कति कति l तपाईले जति केटि संग बोल्नु भएको छ'नि आज सम्म, त्यति त मेरा गर्ल फ्रेन्ड भए होलान् l आफन्त लाई संझियो जसले अस्ट्रेलिया गएर केहि गर्न सक्दै न भनेका छन् रे l साथी हरु लाई सम्झियो जो आज पनि रिसाएका छन् रे नभनेर गएको भनेर l
अनि अचानक के सम्झियो, जुरुक्क उठ्यो l “दाई म गएँ l "
“ के भयो र ?" मैले सोधें l
“दाई आज बेलुका मात्रै खाना खानी हो l जानु पर्यो
खान पकाउन l खाना पकाएर खाएर काममा जान ढिला हुन्छ निl”
अनि म संग मुड्की ठोक्यो l फेरी हात मिलायो l
आँखा झिम्क्यायो l अनि बस पार्क तिर लुइ-लुइ हिड्यो l
हिड्ने बेलामा भन्दै थियो,, “ म यसरि नै बसें भने
मैले स्वतन्त्रता बिर्सन्छु होला l म त उड्छु भनेको आफन्तको जाल मा परेछु l
निस्कन्छु भन्छु, आमा को अनुहार मा पिडा का धर्सा देखा पर्ला कि भन्नि चिन्ता छ दाई
l “
!! इति !!
0 Comments