यो अनुभूति ११.८ कि. मि रेलमा पर्थ (Perth) बाट क्यानिन्टन (Cannington) सम्मको यात्रा को हो l म फर्कदै थिए, room मा l मलाई train मा बस्न भन्दा १८ मिनेट को यात्रा उभिएर पार गर्न मन लाग्छ l train का खाली सिट का बीच उभिएर यात्रा गर्ने यात्री मध्ये म पनि एक हुं l
आज दिनभर आकाश धुवा ले भरिएको थियो l यहि क्रममा Bushfire को बिषयमा एकजना महिला यात्री संग सम्बाद सुरु भयो l सामान्य कुरा पछि ति महिलाले मलाई सोधिन्, “तिमि कुन देश बाट आएको?” मैले म नेपाल बाट भने l
कुरा अली पातलो
भयो जस्तो लागेर मैले पनि सोधें,” तपाई कता बाट ?” यो प्रस्न यहाँ सामान्य हो l
विभिन्न देश बाट आएर बसेका मान्छेहरुको समाज हो
यो देश l मैले पनि उनको बारेमा जान्न
खोजें l
उनि फिलिपिन्स
बाट, नाम मारिया (Mareia)l उनमा यौटा गुण रहेछ l कुनै पनि प्रस्नको नजिकका अरु प्रस्नको पनि उत्तर दिने l दोश्रो
प्रस्न फेरी मैले सोधें l अनि थाहा भयो
उनि अस्ट्रेलिया आएको करिब १० वर्ष भएछ l
मेरो यात्रा अब करिब ८ मिनेट को समय, अनि तिन ओटा
स्टेशन बाँकि थियो l हाम्रा कुराहरु नितान्त व्यक्तिगत हुँदै गयो l
उनले ट्रेन को गतिमा तीन प्रस्न सोधिन् l जसको जवाफ- म बिवाह भएको, एउटा छोरी अनि हामी संगै भएको भन्नु पर्नी थियो l
यो सम्बादको बीच मा हामि ले एक अर्कालाई निहाल्न सहज थियो l उनको अनुहार मा सम्बाद को बीच प्रतिक्रियात्मक कुनै रेखा हरु देखिदैन थिए l नितान्त स्थिर l
मैले उनलाई सोधेको थिएँ, "तपाई Married हो"?
यो प्रस्न मैले दोहोर्याएर सोध्नु परेको थियो l
ट्रेनमा “This is Weshpool Station “ भनेको ले मेरो आवाज सुनिएन l
उनले ट्रेनको
ढोका बन्द भए जसरि आफ्नै गतिमा जवाफ दिईन,
“हो म बिबाहित हो, अनि मेरी श्रीमती छिन्" l
“The next station is Cannington”
स्टेशन आईपुग्न २ मिनेट थियो तर उनको जवाफले म निसब्द भएछु l
यो मेरो लागि अनपेिक्क्षीत जवाफ थियो l एउटा केटीले मलाई भन्दै थिईन् कि –“मेरो श्रीमती छ” l
म प्रश्न बिहिन भएर उनलाई हेरिरहे l अचम्म l उनि उस्तै नितान्त स्थिर l म विचार सुन्य अवस्थामा थिएं l म जुन देशमा यात्रा गर्दै थिएँ त्यहाँ यो सब सामान्य हो, तर म हुर्केको समाजले यो परिवेशमा के प्रश्न सोध्नु पर्छ कहिल्यै सिकाएन l
उनीसंग छुट्टिने
बेला मैले Bye भने/भनिन थाहा छैन l मलाई यो थाहा छ कि, “This
station is Cannington “ को आवाज पछि train को ढोका खुलेको
थियो अनि म ट्रेन बाट बाहिर निस्किएँ l
1 Comments
यात्रा कौतूहलमय बनेछ !!
ReplyDelete